बलात्कार आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

काठमाडौं, कार्तिक २६ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका ८, रामनगर चिप्लेगौंडा बस्‍ने धादिङ धुनवेशी नगरपालिका ९ घर भएका ५२ वर्षीय चक्रे तामाङ छन् । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


SHARE THIS