माधव मरहठ्ठाको निधनप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, कार्तिक २६ । नेकपाका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्ववरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज (बुधबार) एक विज्ञप्ति प्रकाशित गरी मरहठ्ठाको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

“हाम्रो पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष कमरेड माधव मरहठ्ठाको आज बिहान स्टार अस्पताल, ललितपुरमा भएको असामयिक निधनले मलाई दुखित् तुल्याएको छ । नेपाली कम्युनिस्ट आन्दोलन, जनयुद्ध, र शिक्षक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कमरेड मरहठ्ठाको नेपालको राजनीतिक परिवर्तनमा ठूलो योगदान छ,” उनले भनेका छन् ।

विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्व मरहठ्ठाले गोरखाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको प्रचण्डको भनाइ छ ।

क्याप्सन 

नेकपा अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर


SHARE THIS