कोरोना संक्रमणबाट बाँकेमा जनप्रतिनिधिको मृत्यु



बाँके, कार्तिक १७ । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कि वडा सदस्य शान्ति देवि परियारको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष सुनिलसिंह हमालले जानकारी दिनुभयो ।

घरबारी टोलकी ६७ बर्षिया परियारलाई कात्तिक ४ गते भाइरस संक्रमण पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको वडाध्यक्ष हमालले बताउनुभयो । बाँकेमा कोरोनाबाट पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको छ । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

यसैबीच नेपालगन्ज उपमहानगरकी उपमेयर उमा थापा मगरले वडा सदस्य परियारको मृत्युले आफुलाई दुखित तुल्याएको जनाउनुभएको छ । फेसबुक मार्फत उहाँल परियारको मृत्यु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त समेत गर्नुभएको छ ।


SHARE THIS