दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २८ पुग्यो

         दाङ, मं‌सिर १० । दाङका एक जना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा तुलसीपुर उपमहानगरपालिका ६ की ७७ वर्षिया महिलाको गएराती सवा १२ बजे मृत्यु भएको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्र बाँकले जनाएको छ। उनलाई मंसिर ५ गते नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरीएको थियो ।

कोरोनाको आशंकामा अस्पताल भर्ना भएकी ति महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो । ६ गते कोरोना संक्रमण पुष्टि भएपछि रोगको प्रकृती अनुसार उपचार विधि अपनाउँदै आएपनि ति महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । यससँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

यसैबीच दाङमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय २४ मात्र हरहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । २ हजार ९ सय २१ जनामा कोरोना पुष्टि भएकोमा २ हजार ५ सय ७० जना भने निको भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।


SHARE THIS