नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट कोरोना संक्रमित

काठमाडौं, कार्तिक २२ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना संक्रमण देखिएको छ । उनलाई शनिबार कोरोना भाइरसको संक्रमण देखिएको हो ।

महासंघका सचिव रामप्रसाद दाहालले महासचिव विष्टलाई कोरोना भाइरसको संक्तमण देखिएको पुष्टि गरेका छन् ।

“नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना पोजेटिभ देखिएको छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सचिव दाहालका अनुसार अहिलेसम्म देशभर ४१५ पत्रकारहरु कोरोना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये हालसम्म ८६ जना उपचाररत रहेका छन् ।

कोरोना संक्रमणबाट हालसम्म पाँच जना पत्रकारको मृत्यु भएको छ । 

उनले कुल संक्रमित पत्रकारमध्ये आधाभन्दा बढी संक्रमण मुक्त भइसकेका पनि जानकारी दिएका छन् ।    


SHARE THIS