ट्विटर, फेसबुकले राष्ट्रपतीय अकाउन्ट जनवरी २० मा बाइडेनलाई हस्तान्तरण गर्ने

दाङ, मंसिर ८ ।  ट्विटर इंक र फेसबुक इंकले अमेरिकी राष्ट्रपतिको खाताको नियन्त्रण जनवरी २० मा जो बाइडेनलाई हस्तान्तरण गर्ने बताएका छन् । 

ट्विटर र फेसबुक दुवैको अकाउन्ट  अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो । यो ट्विटर अकान्ट र फेसबुक पेजभन्दा अलग छ, यसलाई डोनाल्ड ट्रम्प प्रायः आफ्ना पोस्टहरु लेख्न प्रयोग गर्दछन् । 

‘ट्विटरले २० जनवरी, २०२१ मा ह्वाइट आउसको संस्थागत खाता हस्तान्तरणका लागि सक्रियतापूर्वक तयारी गरिरहेको बताएको छ । हामीले २०१७ मा पनि राष्ट्रपति परिवर्तनका क्रममा यस्तै गरेका थियौँ, यो प्रक्रिया राष्ट्रिय अभिलेख र पहिलेका रेकर्डका साथ घनिष्ठ परामर्शका साथ भइरहेको छ’, कम्पनीले समाचार संस्था रोयटर्ससँग भनेको छ । 

ट्विटर, फेसबुकले अन्य संस्थागत ह्याण्डलहरु स्– ह्वाइट हाउस, उपराष्ट्रपति र पहिलो महिलाका लागि पनि उद्घाटन दिवसमा हस्तान्तरण गर्ने जनाएका छन् ।     


SHARE THIS