किवानिज सिन्धुपाल्चोकद्वारा अनाथ बालबालिकाहरुलाई खाना र खाजा

काठमाडौं, असोज २० गते । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लब सिन्धुपाल्चोकले अनाथ बालबालिकालाई खाजा खुवाएको छ ।

सोमबार काठमाडौको कागेश्वरी नगरपालिका मनहरा स्थित शृजनशिल बाल सेवा परिवारमा रहेका अनाथ बालबालिकालाई क्लबका अध्यक्ष सुमित्रा बस्नेतको जन्मदिनको अवसरमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।


आफ्नो जन्मदिनलाई किवानिज कार्यक्रमलाई प्रोत्साहित गर्दै शृजनशिल बाल सेवा परिवारमा रहेका अनाथ बालबालिकालाई जन्मदिनको अवसरमा केक सहित खाना, खाजा खुवाइ आफ्नो कार्यकालको कार्य शुभारम्भ गरेको अध्यक्षा बस्नेतले जानकारी दिनुभयो । उहाँले क्लबले कोभिडको कहरमा किवानिस नेपाल डिस्ट्रिकको निर्देशन मान्दै सिमित व्यक्तिको उपस्थितिमा कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी किवानिजका लिउथिनियन गर्भनर नारायणबहादुर राउतले क्लव मार्फत् यसरी बालबालिकाको क्षेत्रमा सहयोगका कार्यक्रम गर्न पाउदाँ आफू निकै उत्साहित बन्ने गरेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्लबका सदस्य राजिबमान सिंह बस्नेत, किवानिज क्लव सिन्धुपाल्चोकका पूर्व अध्यक्ष सुजित बस्नेत लगायतका जम्मा ४ जनाको उपस्तिथि रहेको थियो । यससँगै २०२०/२०२१ को पहिलो कार्यक्रम किवानिज क्लब सिन्धुपाल्चोकबाट शुरूवात भएको छ ।


SHARE THIS