चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु


चितवन, असोज २१ । चितवनमा कोरोना संक्रमणबाट आज पुरानो मेडिकल कलेजमा थप एक जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकका एक ७८ वर्षीय पुरुष रहेका छन् । असोज १९ गते अस्पताल भर्ना भएका उनको २० गते  कोरोना पोजेटिभ देखिएको थियो ।  श्वास प्रश्वासमा समस्या भएका ती पुरुषको आज बिहान साढे पांँचबजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । 


SHARE THIS