अमेरिकामा संक्रमितको संख्या ७९ लाख ६६ हजार


दाङ, कार्तिक ३ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७९ लाख ६६ हजार ७२९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ६९ हजार ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म २ लाख १७ हजार ७१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९९८ संक्रमितको मृत्यु भएको छ । 

पछिल्ला केही दिन यता अमेरिकामा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ । अमेरिका कोरोनाका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित देश हो । 


SHARE THIS