सुदूरपश्चिममा ११ सय सक्रिय संक्रमित, बाजुरामा शून्य

दाङ, असोज २३ । सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ९७ पुगेको छ । हालसम्म ६ हजार ७०२ जना डिस्चार्ज भइसकेका छन् । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण हालसमम्म १८ जनाको मृत्यु भएको छ । 

सक्रिय संक्रमितमा सबैभन्दा बढी कैलालीका ५८७ जना छन् । यस्तै अछाममा ६२ जना, बैतडीमा ३२ जना, बझाङमा १०८ जना, डडेल्धुरामा १३ जना, दार्चुलामा ७३ जना, डोटीमा १२९ जना र कञ्चनपुरमा ९२ जना सक्रिय संक्रमित छन् । 

बाजुरामा भने शून्य संंक्रमित छन् ।


SHARE THIS