बेवारिसे महिलाको शव भेटियो


धनगढी, कार्तिक १६ । कैलालीको गोदावरी नगरपालिका २, अत्तरियामा रहेको प्रतीक्षालयमा बेवारिसे शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताए ।

अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।


SHARE THIS