पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

 

काठमाडौं, असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । 

मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्‍जालमार्फत जानकारी दिएका छन् । 

उनले लेखेका छन्, ूहिजो शुक्रबार बेलुका निवासमा फर्किएपछि हल्का ज्वरोको महसुस भयो । आज शनिबार पुनस् कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु ।

मन्त्री भट्टराईले केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गर्नसमेत आग्रह गरेका छन् । 

उनले भनेका छन्, ूगत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महसुस भयो । आज शनिबार पुनस् कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन ।

उनले थप भनेका छन्, ूमेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परि आएमा सामना गर्नुबाहेक के नै पो बिकल्प छ र ?




SHARE THIS