के.सी परवार द्धारा शिबपार्बती तथा राधाकृष्ण मन्दिरलाई साढे हस्तान्तरण


कमल ओली, दाङ कार्तिक ८ । घोराही उप महानगर पालीका १७ गुलरीया दाङमा रहेको शिबपार्बती तथा राधाकृष्ण मन्दिरलाई ३ फिट उचाई, ५ फिट लम्बाई, र ४ फिट चौडाईमा निर्माण गरीएको साढे स्व. टंक बहादुर के.सीको सम्झनामा परवार द्धारा मन्दिरलाइ हस्तान्तरण गरीएको छ ।

ढुङ्गा सिमेन्ट मिश्रण गरी साढे निर्माण गर्दा करीब एक महिना लागेको हस्तकला जेपी चौधरीले जानकारी दिए ।

स्व. टंक बहादुर के.सीको दिबङ्गत आत्माको चीरशान्तीको कामना सहित उहाँको स्मरणमा श्रीमती द्वय गोमा के.सी र ईमा के.सीको सदिक्षा बमोजिम शिबपार्बती तथा राधाकृष्ण मन्दिरलाई साढे हस्तान्तरण गरीएको उहाँका जेष्ठ सुपुत्र टोपबहादुर के.सीले जानकारी दिएका छन् 

साढे मन्दिरमा राख्ने वुवाको पहिले देखीको सोचाई रहेको हुदा हामी पाँच भाईको सल्लाह अनुसार आज मन्दिरलाई हस्तान्तरण गरी वुवाको कल्पनालाई पुरा गरेको छोराहरु बताउछन् ।

स्व.के.सीले स्वर्गारोहन हुनु भन्दा पहिले मन्दिरका लागी नगद आर्थिक सहयोग गर्नुका साथै जिन्सी सामाग्री समेत हस्तान्तरण गर्दै आउनु भएको मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष रमेश कुमार आचार्यको भनाई रहेको छ । आचार्यले भने स्व. के.सी मन्दिरका लागी हरेक काम गर्नुका साथै मन्दिर प्रति चिन्तित हुनुहुन्थ्यो ।







SHARE THIS