पोर्चुगल र स्पेनले बराबरी खेले

दाङ, असोज २२ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा पोर्चुगल र स्पेनले बराबरी खेलेका छन् । पोर्चुगलस्थित स्टाडियो जोसे अल्भालाडेमा बुधबार राति भएको खेलमा दुबै टोलीले गोल रहित बराबरी खेलेका हुन् । 

यूईएफए नेसन्स लिगको तयारीका रुपमा दुई हेबीवेट्स टोली पोर्चुगल र स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका हुन् । तर, दुबै टोलीले खेलमा कुनै गोल गर्न भने सकेनन् । 

२०१८ को विश्वकपपछि पहिलोपटक आमने–सामने भएका यी दुई टोलीले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न भने सकेनन् । पछिल्लो पटक यी दुबै टोलीले रुस विश्वकप २०१८ को समूह चरणमा भेट हुँदा ३–३ को बराबरी खेलेका थिए । 

अब नेसन्स लिगको समूह डीमा रहेको स्पेनले शनिबार राति घरेलु मैदानमा स्वीटजरल्यान्डसँग खेल्ने छ । सुरुवाती दुई खेलमा एक खेल जित्दा एक खेल बारबरी खेलेको स्पेनले ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । त्यस्तै चौथो खेल मंगलबार राति युक्रेनको घरेलु मैदानमा खेल्नेछ । 

यता, पोर्चुगलले अब नेसन्स लिगमा आइतबार राति विश्वकप विजेता फ्रान्सको सामना गर्नेछ । त्यस्तै अर्को खेलमा स्वीडेनसँग बुधबार राति खेल्ने छ । नेसन्स लिगको समूह सिमा रहेको पोर्चुगलले सुरुवाती दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । पोर्चुगलले सुरुवाती दुई खेलमा क्रोएसिया र स्विडेनलाई पराजित गरेको थियो ।


SHARE THIS