दाङ, असोज ३० । दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मा गएराती ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाश घर्तीले कुटपिट गर्दा सोही ठाउँका १८ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
राति कुखुरा कराएपछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएर लाठीले कुटपिट गर्दा चौधरी गम्भीर घाइते हुनुभएको थियो ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार कुटपिटबाट चौधरीको रक्तश्राव हुँदा बिहीबार राति नै मृत्यु भएको थियो । अहिले कुटपिट गर्ने बाबु र छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।