युक्रेनसँग स्पेन पराजित

दाङ, असोज २८ । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले पहिलो हार व्यहोरेको छ । समूह डीमा रहेको स्पेनलले चार खेल खेल्दा पहिलो हार व्यहोरेको हो । 

सुरुवाती तीन खेल मध्येमा दुई खेलमा जित र एक खेल बराबरी खेलेको स्पेनले चौथो खेलमा भने युक्रेनसँग पराजित हुन पुगेको हो । 

मंगलबार राति युक्रेनको घरेलु मैदानमा भएको खेलमा स्पेन घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो । युक्रेनको जितका लागि खेलको एक मात्र निर्णायक गोल भिक्टर छिहान्कोभले गरे । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गरेका थिए । 

भिक्टरले खेलको ७६ औं मिनेटमा एन्द्रिए यर्मोलेन्कोको पासमा गोल गर्दै युक्रेनलाई जित दिलाएका थिए । जितसँगै युक्रेनले समूह डीमा दोस्रो जित निकालेको छ । चार खेल खेलको युक्रेनको ६ अंकसहित तेस्रो स्थानमा छ । 

पराजित स्पेन भने ७ अंकसहति समूहको शीर्ष स्थानमा छ । समूहमा समान खेल खेलेको स्पेनलले यसअघि दुई खेलमा जित र एक खेल बराबरी खेलेको थियो । 


SHARE THIS