कोरोना अपडेट : विश्वमा कोरोना ४ करोड बढि संक्रमित, ११ लाख बढिले ज्यान गुमाए


एजेन्सी, गत वर्षको डिसेम्बर अन्तिम सातादेखि चीनबाट फैलिएको कोरोना भाइरका कारण हालसम्म ११ लाख बढिले ज्यान गुमाएका छन्। विश्वभरका सवा २ सय देशमा आफ्नो प्रभाव फैलाएको कोरोनाबाट हालसम्म ४ करोड बढि मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन्।

एक तथ्यांक अनुसार विश्भरमा हालसम्म ४ करोड १९ लाख ७४ हजार बढि कोरोना संक्रमित भएका छन्। यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ४२ हजार ६ सय बढि रहेको छ। कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पनि हालसम्म ३ करोड ११ लाख ८१ हजार बढि रहेको छ भने ९६ लाख ४९ हजार बढिमात्र एक्टिभ केसहरु रहेका छन्।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा हालसम्म ८६ लाख ६१ हजार ६ सय बढि संक्रमित देखिएका छन्। जसमध्ये २ लाख २८ हजार ३ सय बढिले ज्यान गुमाएका छन भने ५६ लाख ५५ हजार ३ सय बढि संक्रमितहरु संक्रमण मुक्त भएका छन।

यस्तै भारतमा कोरोनाबाट हालसम्म १ लाख १७ हजार ३ सय बढिले ज्यान गुमाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ५९ हजार ६ सय बढि रहेको छ। तथ्यांक अनुसार भारतमा संक्रमण मुक्त हुनेको संख्या ६९ लाख ४६ हजार ३ सय बढि रहेको छ। अमेरिका र भारतको औषत तुलनामा कोरोना संक्रमण मुक्त हुनेमा भारत अगाडी देखिएको छ।

अमेरिका र भारतपछि कोरोनाको चपेटामा परहेको देश ब्राजिल हो। ब्राजिलमा हालसम्म ५३ लाख ३२ हजार ६ सय बढि कोरोनाका संक्रमितहरु रहेका छन्। कोरोनाका कारण ब्राजिलमा १ लाख ५५ हजार ९ सय बढिले ज्यान गुमाएका छन भने ४७ लाख ८५ हजार बढि कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन। यस्तै हालसम्म ३ लाख ९१ हजार बढि सक्रिय कोरोनाका संक्रमितहरु ब्राजिलमा रहेका छन्।

यस्तै रसियामा साढे १४ लाख बढि, स्पेनमा करिव ११ लाख, अजेन्टिनामा साढे १० लाख बढि, फ्रान्समा करिव १० लाख र कोलोम्बियामा ९ लाख ९० हजार बढिमा कोरोना संक्रमण भेटिएको छ।


SHARE THIS