प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदान मिलाउनुपर्छ मुख्यमन्‍त्री पोखरेल


दाङ, असोज २० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्ने बताएका छन् ।

प्रदेश ५ को प्रदेशसभा बैठकमा विशेष समय लिएर धारणा राख्दै मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भएर सोच्दा प्रदेश बलियो बनाउन नसकिने बताए ।

“हामीले हाम्रो प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्छ । कुनै क्षेत्र विशेषको केन्द्रित भएर सोच्छौं भने यो सम्भव छैन,” उनले भने । मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भए प्रदेश ५ को समग्र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गरे ।

प्रदेशसभा र प्रदेश सरकारले प्रदेशबारे सोच्दा प्रदेशभित्र रहेका १२ वटै जिल्लाका नागरिकको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्ने आवश्यकता उनले औंल्याए ।

“हामीले सोच्दा हाम्रो प्रदेशमा रहेका १२ वटै जिल्लाको समृद्धिको परिकल्पना सामूहिक रुपमा गर्नुपर्दछ,” मुख्यमन्त्री पोखरेलले भने, “प्रदेश सरकार र प्रदेशसभाले सोच्दा १२ वटै जिल्लाका जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्दछ ।


SHARE THIS