लायन्स क्लब अफ घोराही सिटीद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एनआईसीयु हस्तान्तरण



दाङ,असोज १५ । लायन्स क्लब अफ घोराही सिटीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एनआईसीयु हस्तान्तरण गरेको छ । क्लबले एक औपचारिक कार्यक्रम गरी प्रतिष्ठानलाई एनआईसीयु हस्तान्तरण गरेको हो । क्लबले हस्तान्तरण गरेको एनआइसीयु बुधबार संचालनमा आएको छ ।

लायन्स क्लब इन्टरनेसनल ३२५ बि टु का डिस्ट्रिक्ट गभर्नर शम्भु नकर्मीले एनआइसियु सेवाको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा प्रतिष्ठानका डिन बसन्त लामिछाने, प्रतिष्ठानका निर्देशक डा। सागर पन्थीले नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

एनआइसियु सेवा नहुँदा नागरिकले विभिन्न समस्या झेलिरहेको समयमा क्लवले गरेको सहयोग गरेको हो । लायन्स क्लबका डिस्ट्रिक्ट कोर्डिनेटर विनोद श्रेष्ठले स्वास्थ्य सेवाको सहज पहुँचमा नागरिकलाई जोड्न आफुहरुको दायित्व पनि भएको बताउनुभयो । लायन्स क्लबका अध्यक्ष बिमल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लायन्स क्लबका तृतीय उपाध्यक्ष विवेक आचार्यले गर्नुभएको थियो ।


SHARE THIS