भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नजिक

 


 दाङ, असोज १७ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म ९९ हजार ७७३ संक्रमितको ज्यान गइसकेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९५ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।  

पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख ९४ हजार ६८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।

 


SHARE THIS