वीरगन्जको गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद

वीरगन्ज, कार्तिक १ । प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ  ।

वीरगन्ज महानगरपालिका ५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। 

‘गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद भएको छ,’ उनले भनिन्, ‘हामी मुचुल्का उठाइरहेका छौं।’ 

पन्तका अनुसार सुन कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्। 

बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ। 

पन्तका अनुसार अपार्टमेन्टको तेस्रो तलाको ३०३ नं. फ्ल्याटमा भारत पूर्वी चम्मपारण हरैयाका निवासी अशोक सिन्हाको बस्ने गर्थे। 

सो फ्ल्याटमा सुन रहेको विशेष सूचनाका आधारमा प्रहरी पुगेको थियो। तर, सिन्हा भने फेला परेका छैनन्।


SHARE THIS