नेकपाकी सचेतक शान्ता चौधरीलाई लक्षणसहितको कोरोना संक्रमण


दाङ, असोज २० । नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण देखिएको छ । उच्च ज्वरोका कारण सोमबार स्वाब परीक्षणका लागि पठाएको आज संक्रमण पुष्टि भएको उनले बताइन् ।

“मलाई केही दिनदेखि ज्वरो आइरहेको थियो । हिजो शंका लागेर परीक्षण गरेको, पुष्टि भयो,” उनले भनिन् ।

अहिले घरमै आइसोलेसनमा रहेको र अस्पताल जाने तयारी गरिरहेको उनले बताइन् । “पार्टीलाई खबर गरेको छु । आजै अस्पताल जान्छु,” उनले भनिन् ।


SHARE THIS