मोरङ, असोज २८ । मोरङको बूढीगंगा गाउँपालिका ३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
बूढीगंगास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनील देवले जानकारी दिए ।
मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मिर्गौलासम्बन्धी दीर्घ रोगी थिए ।