आईपीएलमा रोहितको ५ हजार रन पूरा

 

दाङ, अससोज १६ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले ५ हजार रन पुरा गरेका छन् । उनले किंग्स इलाभेन पन्जाबविरुद्धको खेलमा यो आँकडा पूरा गरेका हुन् । 

यससँगै रोहित आईपीएलमा ५ हजार रन पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले पन्जाबविरुद्धको खेलमा ७० रनको अर्धशतकीय पारी खेलको थिए । उनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७० रनको पारी खेलेका थिए । 

आईपीएलमा ५ हजार रन पुरा गर्ने आँकडाको पहिलो स्थानमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली रहेका छन् । त्यस्तै दोस्रो स्थानमा भने पूर्व भारतीय तथा चेन्नाई सुपर किंग्सका खेलाडी सुरेस रैना छन् । त्यसपछि रोहित आईपिएलमा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा छन् । 

रोहितले यो उपलब्धीका लागि १ सय ७ पारि खेलेका छन् । उनीभन्दा अघि २००८ मा आईपीएलमा डेब्यू गरेका सुरेस रैना छन् । उनले २०१९ मा ५ हजार रनको अंकडा पुरा गरेका थिए । सुरेसले ५ हजार रन बनाउन १ सय ७३ पारी खेलेका छन् । 

यस्तै आईपीएलमा सबैभन्दा धेरै रन बनाउने कोहलीले १ सय ५७ पारी खेल्दै ५ हजार रन पुरा गरेका थिए । कोहलीले आईपीएल इतिहासमा ५ शतक र ३६ अर्धशतक जोडेका छन् । त्यस्तै आईपीएल इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीका अष्ट्रेलियाका डेभिड वार्नर चौथो स्थानमा छन् । उनले १ सय ४७ पारिमा ४ हजार ७ सय ७३ रन बनाएका छन् ।


SHARE THIS