कांग्रेस प्रमुख सचेतक खाँणले फिर्ता गरे दसैंभत्ता


काठमाडौं, कार्तिक २ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दसैं भत्ता फिर्ता गरेका छन् । उनले आइतबार संघीय संसदमा दशैं भत्ता बापतको रकम सरकारी कोषमा जममा गर्ने व्यवस्था मिलाउन आग्ह गरेका हुन् । 

खाँणले हालको विषय परिस्थितीमा जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक जनउत्तरदायी र उचित नभएको भन्दै आफूलाई प्राप्त दसैंभत्ता बापतको रकम जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने बताएका छन् । 

आइतबार नै कांग्रेसका अर्का सांसद गगन थापाले दसैं भत्तावापतको  ६४ हजार ७० रुपैयाँ नगद नै संसद सचिवालयको लेखा कार्यालयमा फिर्ता गरेका छन् ।


SHARE THIS