डा. केसीसँग वार्ता गर्न सरकारद्वारा तीन सदस्यीय वार्ता समिति गठन


काठमाडौं, असोज २१ । २४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यको वार्ता समिति गठन गरेको छ । 

शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेको वार्ता समिति गठन गरेका हुन् । शिक्षा सचिव मैनालीले भोलिबाट नै प्रारम्भिक चरणको वार्ता सुरु हुने बताए ।

शिक्षा सचिव मैनाली भन्छन्,भोलिबाट नै वार्ता सुरु गछौँ ।


SHARE THIS