शीर्ष स्थानमा उक्लने योजनामा दिल्ली

 


दाङ, असोज २३ । यूएईमा जारी १३औं संस्कणको इन्डियन प्रिमियर लिग आईपीए ल टीट्‌वान्टी क्रिकेटअन्तर्गत नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ ।

सारजाहाँ क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७.४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछ । 

जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा छैटौं खेल खेल्न लागेको दिल्ली आजको खेलमा पनि जित निकाल्दै आफूलाई लिगमा बलियो बनाउने योजनामा छ ।

लिगमा पाँच खेल खेलेको दिल्लीले ८ अंक जोडेको छ । दिल्ली तालिकाको दोस्रो स्थानमा छ ।

यता राजस्थान पनि आजको खेलमा जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा छ । राजस्थानले आजको खेलमा फराकिलो जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थान जोगाइराख्‍ने बलियो योजना बनाएको छ । 


SHARE THIS