पोखरीमा डुबेर बालकको मृत्यु

सर्लाही, कार्तिक ५ । जिल्लाको  बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । बलरा ४ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय जगु सहनीका ९ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलबार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए ।


SHARE THIS