अनलाइन विद्यार्थीलाई सफा पानीले आँखा धुन र २०,२० मिनेटमा आराम लिन आग्रह


काठमाडौं, असोज २० । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लामो समयदेखि बन्द रहेका विद्यालयहरु खुल्‍न अझै समय लाग्‍ने देखिएको छ । पछिल्लो २४ घण्टामा थप दुई हजार ४४० जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । 

कोरोना संक्रमणका कारण गत चैतदेखि विद्यालयहरु खुल्‍न सकेका छैनन् भने कतिपय परीक्षाहरु स्थगित भएका छन् । यस्तो अवस्थामा अनलाइन माध्यमबाट पठनपाठन भइरहेको छ । 

निरन्तर अनलाइनमाध्यमबाट पठनपाठन भइरहेकोले विद्यार्थीमा आँखाको समस्या बढ्न थालेको छ । लामो समय कम्युटरमा बस्‍नुपर्दा बालबालिकामा सानैमा आँखसम्बन्धी समस्या हुने जोखिम पनि बढेको छ । 

दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दीपककुमार झाले  अनलाइन कक्षा सञ्चालन गर्दा आँखामा तत्कालीन र दीर्घकालीन रुपमा असर  पार्ने भएकाले दिनमा कम्तीमा दुई पटक सफा पानीले आँखा धुन  र  हरेक बीस मिनेटमा अनलाइन कक्षाबाट केही समय आराम लिन शिक्षकविद्यार्थीलाई सुझाव दिएका छन् । 


SHARE THIS