कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

 

काठमाडौं, असोज २५ । कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका छन् भने एक हजार ५५२ जना डिस्चार्ज भएका छन् । 

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । 


SHARE THIS