सेभियाको संघर्षपूर्ण जित

 



दाङ, असोज १६ । स्पेनिस ला लिगा फुटबलमा सेभियाले जित निकालेको छ । बिहीबार राति भएको खेलमा सेभियाले लेभान्टेटाई १–० गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन युसुफ इनन्यारीले निर्णायक गोल गरे । खेलको इन्ज्यूरी समयमा न्यारीले गरेको गोलबाट सेभियाले तीन अंक जोड्न सफल भयो । 

खेलको सुरुआत देखि आक्रमक बनेको सेभियाले लेभान्टेको पोष्टका १६ उत्कृष्ट सट प्रहार गरेको थियो । सिजनको पहिलो खेलमा काडिचलाई ३–१ गोल अन्तरले हराएको सेभियाले दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको हो । 

बराबरीसँगै सेभियाले दुई खेलबाट ६ अंक जोडेको छ । यता लिगमा चौथो खेल खेलेको लेभान्टेको ३ अंक रहेको छ । 

बिहीबार राति नै भएको अर्को खेलमा एथ्लेटिक क्लब काडिचसँग पराजित भएको छ । यो सिजन मात्र शीर्ष डिभिजनमा बडुवा भएको काडिचले जित निकाल्न सफल भएको हो । 


SHARE THIS