वामदेव गौतमको मुद्दामा आज सुनुवाइ नहुने, तोकिएन इजलास


काठमाडौं, असोज २१ । राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा आज सुनुवाइ नहुने भएको छ । 

गौतमको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलास आज तोकिएको छैन । बुधबार (आज) मुद्दामा सुनुवाइ हुने यसअघि बसेको इजलासले तय गरेको थियो । तर कोरोनाकम कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि आज हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।

कोरोना भाइरसका कारण सर्वोच्च अदालतका न्यायाधीश नै संक्रमित भएपछि त्यसको प्रभाव मुद्दाको सुनुवाइमा समेत परिरहेको छ । आज दुईवटा मात्र इजलास तोकिएका छन् ।

न्यायाधीशहरू नै आइसोलेसनमा बसेपछि दैनिक ८,९ वटा इजलास बस्‍ने गरेकामा अहिले संख्या कटौती गरिएको छ । 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीश छन् ।‘संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक विवाद पहिलोपटक सर्वोच्च अदालतमा परेको भन्दै यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रति उत्तरदायित्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्तसमेतलाई दृष्टिगत गरी दीर्घकालसम्म संवैधानिक मान्यता कायम हुने गरी गरिनुपर्ने हुन्छ’, सर्वोच्चले यसअघि सो मुद्दामा आदेश गरेको थियो ।


SHARE THIS