डाक्टर केसीलाई सरकारको जवाफ : यो असामान्य अवस्थामा अनसन सुहाउँदो विषय होइन


काठमाडौं, असोज १५ । १८ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारले अनसन तोड्न आग्रह गरेको छ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यो असामान्य अवस्थामा अनसन बस्नु सुहाउने विषय नभएको बताए।

उनले डाक्टर केसीका कतिपय मागहरू पूरा भइसकेको र कतिपय पूरा हुने क्रममा रहेको जिकिर गरे।

‘उहाँका धेरै माग पूरा भइसकेका छन्। हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौं, आयोग बनाएका छौं। ७५ प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था पनि लागू भइसकेको छ,’ मन्त्री ज्ञवालीले भने,‘सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि सुरू भइसकेको छ। सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको छ। यसमा थप दबाव दिनु जरूरी छैन।’

उनले पिसिआर परीक्षण बढाउनु पर्ने माग पनि सम्बोधन भइसकेकाले अहिलेको विषम परिस्थिति अनसन बस्ने बेला नभएको बताए।



SHARE THIS