जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो

 

बर्लिन । जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको हो । 

साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको चौबीस घण्टायता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएका छन् । जर्मनीमा कोरोना संक्रमण सुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् ।

यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । यहाँ गएको चौबीस घण्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । योसँगै यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४५२ जना पुगेका छन् ।

जर्मनीमा पछिल्लो समयमा कोरोनाको प्रकोप बढेपछि यहाँका कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्धहरु पनि लगाइएको समाचार यसअघि नै आएको थियो । यहाँको सरकारले यो भाइरसको प्रकोप बढ्दै गएकोले अझै कडा खालका लकडाउनका कार्यक्रमहरु पनि घोषणा गर्ने कि भनेर पनि परामर्श गरिरहेको बताइएको छ ।


SHARE THIS