भरतपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु

 

चितवन, कार्तिक ७ । चितवनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ७ का ५७ वर्षीय पुरुष छन् । ती पुरुषको गएराति १० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ती पुरुषलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए ।

ज्वरो, खोकी र श्‍वासप्रश्‍वासमा समस्या भएपछि ती पुरुषलाई अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो। ती पुरुषको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएको र उपचारका क्रममा मृत्यु भएको पौडेलले जानकारी दिए । 



SHARE THIS