दाङमा टिपरको ठक्करबाट घाइते एकको मृत्यु, एकको अवस्था गम्भीर

दाङ, कार्तिक २ । दाङको राप्ती गाउँपालिकाको भालु्वाङ नजिकै साइकल यात्रीलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

रा १ ख २०२१ नम्बरको टिपरको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीका २४ वर्षीया जमुना कुलमालको मृत्यु भएको र अर्का ५८ वर्षीय बुद्धिराम कुमाल गम्भीर गाइते भएको प्रहरीले जनाएको छ ।

साइकल चालक बुद्धिरामलाई भालुवाङमा प्राथामिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको जनाइएको छ । उनीहरुलाई आज दिउँसो पौने एक बजे भालुवाङबाट समान किनेर घर फर्कने क्रममा टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङले नियन्त्रणमा लिएको छ ।


SHARE THIS