२४ घण्टामा विश्वमा ६ हजार कोरोना संक्रमितको मृत्यु

दाङ, कार्तिक ३ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ६ हजार ४६ कोरोना संक्रमितको मृत्यु भएको छ । 

हालसम्म विश्वमा ११ लाख ७ हजार ३७४ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

हालसम्म विश्वमा ३ करोड ९५ लाख ९६ हजार ८५८ जनामा कोरोना संक्रमण देखिसकेको छ । 


SHARE THIS