लुम्बिनी प्रदेशमा बालविवाह हुनेमा दाङ दोस्रो स्थानमा


दाङ, कार्तिक १४ । लुम्बिनी प्रदेशमा बालविवाह हुने जिल्लामा दाङ दोस्रो स्थानमा रहेको छ । तीनवर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्युठानमा सबैभन्दा धेरै १९ वटा बालविवाहका घटना भएका छन् भने दाङमा १३ वटा बालविवाहका घटना भएका छन् ।

जसमा आर्थिक वर्ष २०७४,०७५ मा २ वटा, २०७५,०७६ मा ८ वटा र गत आर्थिक वर्ष २०७६,०७७ मा ३ वटा बालविवाहका घटना प्रहरीमा दर्ता भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो। यस्तै तीन वर्षको अवधिमा बाँकेमा ८, अर्घाखाँचीमा ३, गुल्मीमा २ र कपिलवस्तु, पूर्वरुकुमम र रुपन्देहीमा १,१ वटा बालविवाह भएको प्रदेश प्रहरीको तथ्यांकमा छ ।

प्रहरीका अनुसार नवलपरासी पश्चिम, रोल्पा र पाल्पामा बालविवाहको घटना शून्य देखिएको छ । तीन वर्षको अवधिमा बालविवाह गर्नेमा १० देखि २६ वर्ष उमेरसमुहका धेरै रहेका छन् । प्रदेशमा तीन वर्षको अवधिमा ४९ वटा बालविवाहका घटना भएका छन् । ति मध्ये २७ वटा बालविवाह १६ देखि २६ वर्ष उमेरसमुहकाले गरेका छन् ।



SHARE THIS