कैलालीमा ड्युटीमा गएका दुई प्रहरी सम्पर्कविहीन, एकजनाको शव भेटियो

 

कैलाली, कार्तिक २ । कैलालीमा ड्युटीमा गएका दुई प्रहरी सम्पर्कविहीन भएका छन् । अस्थायी प्रहरी पोस्ट जुगेडाका असई  हवल्दार गएरातिबाट सम्पर्कविहीन भएका हुन् । उनीहरु सीमा क्षेत्रमा ड्युटीका लागि गएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार दुईजना प्रहरी सम्पर्कविहीन छन् । नजिकै पानीमा एकजनाको शव भेटिएको र शवको सनाखत हुन बाँकी रहेको सिंहले बताए ।

प्रहरी स्रोतका अनुसार प्रहरीले ड्युटीमा जाँदा प्रयोग गरेको मोटरसाइकल भने भेटिएको छ ।


SHARE THIS