चाडपर्व विशेष सुरक्षा योजनाका लागी, दाङमा १ सय ९ जना प्रहरी परिचालन

दाङ, असोज ३० । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लामा चाडवर्ष विषेश सुरक्षा योजना लागू गरेको छ । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं, तिहार तथा छटपर्वको समयमा हुन सक्ने अपराधिक कार्यलाई रोक्न उक्त सुरक्षा योजना लागु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दका अनुसार विभिन्न युनिटमा प्रहरी परिचालन गरि चाडपर्वको समयमा १ सय ९ जना प्रहरी परिचालन गरिने छ । उक्त सुरक्षा योजना अुनसार जिल्लाभर रातको समयमा ३० ठाउँमा सवारी चेकजाँच, २४ सौँ घण्टा पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, दाङका मुख्य नाकामा चेकजाँचका साथै दिउँस तथा रातको सयमा हुन सक्ने चोरी, डकैती, लुटपाटलाई लक्षित गरि आकस्मितक कर्ड एण्ड सर्च अपरेसन समेत सञ्चालन गरिने छ।

यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वको सयमा घरमा चोरी डकैती हुन सक्ने भन्दै सतर्क हुन आम नागरिकलाई आग्रह गरेको छ । घर बाहिर निस्कदा झ्याँल ढाका राम्रोसँग लगाउन, सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न, जथाभावी मादक पदार्थ नबेच्न र सेवन नगर्न साथै कोरोना जोखि रहेको भन्दै सामाजिक दुरी कायम गर्न र घरमै बसेर मनाउन कार्यालयको आग्रह छ । यस्तै कुनै पनि घटना भएमा वा घटना हुन सक्ने आशंका भएमा नजिकको प्रहरी कार्यालय वा १०० फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ ।


SHARE THIS