प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना, चालकको मृत्यु, ३ जना घाइते

दाङ, कार्तिक ४ । प्युठानबाट दाङ आउँदै गरेको बस आज विहान दुर्घटनामा परेको छ । 

बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । घाइते मध्ये २ जना अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ना ४ घ ५५६१ नम्बरको बस माण्डवी गाउँपालिका–२ गोलबाङमा दुर्घटनामा पर्दा चालक ४० वर्षीय तारा रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घर दाङ भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार घाइते हुनेमा प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर २ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुलीगाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक रहेका छन् । बस सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटनाग्रत भएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


SHARE THIS