बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

 

सल्यान, कार्तिक ३ । सल्यानमान बोल्न नसक्ने २७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 


जिल्लाको शारदा नगरपालिकाकी बोल्न नसक्ने २७ वर्पीया युवतिलाई बलात्कार गरेको आरोपमा सोही नगरापालिका वडा नम्बर १ शान्तिनगर बस्ने वर्ष ३२ का शरद रेउले पक्राउ परेका हुन ।


रेउलेले गएराति ९ बजेको समयमा पीडितकै कोठामा बलात्कार गर्दै गर्दा महिला चिच्याई कराई गरेपछि छिमेकीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए। प्रहरीले रेउलेलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।


SHARE THIS