प्रदेश ५ को प्रदेशसभा बैठक सुरु, नाम र राजधानीको टुंगो लगाइने


दाङ, असोज २०। प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ । बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाउनेछ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए । मन्त्री केसीले सोमबार उक्त प्रस्ताव छलफलका लागि निर्णयार्थ प्रदेशसभा पेस गरेका थिए ।

प्रदेशसभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले र विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलले आआफ्ना सांसदहरुका लागि ह्‌विप जारी गरेको छ ।

प्रदेशका कुल ८७ सांसदमध्ये ६१ जना नेकपाका मात्रै छन् । यस्तै कांग्रेसका १९ सांसद छन् । जसमध्ये केहीले पार्टीले लगाएको ह्‌विप नमान्‍ने घोषणा नै गरिसकेका छन् ।



SHARE THIS