ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो

 

दाङ, असोज २९ । ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ६८९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ब्राजिलमा २०१ कोरोना संक्रमितको ज्यान गएको छ । 

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ३ हजार ४०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४२९ संक्रमित थपिएका छन् । 

अक्टोबर ८ बाट ब्राजिलमा संक्रमित र मृत्यु हुने दुबैको संख्या क्रमशः घट्दै गएको छ । 


SHARE THIS