छुरा प्रहर गरेर हत्या गरी फरार रहेका एक ब्यक्ति ११ वर्षपछि पक्राउ


सल्यान, असोज २१ । सल्यानमा छुरा प्रहार गरेर हत्या गरी फरार रहेका एक ब्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविकको कुपिण्डे गाबिस वडा नम्बर ७ बस्ने वर्ष ३६ का हिम बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम् प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बोहरालाई मंगलबार बाँकेमा लुकिछिपि बसेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट प्रक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा बाँके प्रहरीले बोहरालाई पक्राउ गरेको हो ।

बोहराले २०६६ साल भदौ २७ गते बेलुका ४ बजेको समयमा सल्यान जिल्ला साविक कुपिण्डे गाविस वडा नं १ को अमर प्राथमिक विद्यालय, पिपल चौताराको प्राङ्गणमा भलिवल खेल्ने क्रममा विवाद हुँदा सोही गाविस वडा नम्बर ७ बस्ने वर्ष १८ का रामलाल बि। क। लाई पेटमा छुरा प्रहार गरी फरार भएका थिए।

उक्त छुरा प्रहारबाट घाइते रामलाल बिकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। फरार रहेका बोहरा बाँकेका विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता एवम् प्रहरी निरीक्षक ओलीले बताउनुुभयो ।


SHARE THIS