अफताव प्रकरण इँटाभट्टाका हेड मिस्त्री रौतहटबाट पक्राउ


दाङ, असोज १७ । कांग्रेस नेता अफताव आलमसँग मिलेर रौतहटमा दर्जनबढीलाई जिउँदै जलाएको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

बारा सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो। 

सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका ७ स्थित नेपाल भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए। 

सिंहका अनुसार उनी इँटाभट्टाका हेड मिस्त्री हुन्। 

अफताव आलम र महताब आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो।


SHARE THIS