बंगलाचुलीमा डोजर प्रयोग विनै काम, स्थानीयलाई रोजगार

 

दाङ, असोज २७ । दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ । गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानियहरुलाई श्रमलगाई योजना सम्पन्न गर्ने रणनीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनुभयो ।

श्रममा आधारीत योजनाले कोभिड(१९का कारण गाउँघरमा रहेका वेरोजगार जनशक्तिले रोजगार पाउने र आर्थिक सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको अधिकृत वलीले बताउनु भयो । अब बंगलाचुलीकाका उपभोक्ता समितिका पदाधिकारीहरुले छनोट भएका योजनाहरु सम्पन्न गर्दा डोजर र स्काभेटर बिनै काम गर्नु पर्ने छ । गाउँपालिकाका ८ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरु सम्पन्न गर्न डोजर र स्काभेटर प्रयोग गर्न नपाउने नपाउने भएका छन् ।

जसका लागि गाउँपालिकाद्वारा उपभोक्त समितिका पदाधिकारीहरुलाई योजना सम्पन्न गर्नका लागि अभिमुखिकरण कार्यक्रम मार्फत प्रशिक्षित गर्ने काम भईरहेको छ । गाउँपालिकाले मंगलबार वडा नंम्वर १ देखि ६ नम्बर वडा सम्मका उपभोक्ता समितिका पदाधिकारीहरुलाई श्रममा आधारीत योजना सम्पन्न गर्नका लागि प्रशिक्षत गरेको छ ।



SHARE THIS