दाङमा १८९ जना संक्रिय कोरोना संक्रमित, सबैभन्दा धेरै घोराहीमा, दुई पालिका कोरोना मुक्त


दाङ, असोज २० । दाङमा १ सय ८९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । हिजो सोमबारसम्म १ हजार २ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएकोमा १ हजार ४१ जना निकोभएसँगै अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८९ जना रहेका छन् । स्वस्थ्य कार्यालय दाङका अनुसार सोमबार मात्र दाङका २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वस्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार सोमबार १६ जना संक्रमित निको भएर घर फर्किएका थिए । अहिलेसम्म संक्रमित मध्ये धेरै पुरुषको संख्या रहेको छ । १ हजार २ सय ३२ मा संक्रमण पुष्टि भएकोमा ९ सय ६४ जना पुरुष रहेका छन् भने २ सय ६८ जना महिला रहेका छन् । संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ । जिल्लामा अहिलेसम्म १७ हजार ४ सय ३ जनाको स्वाब संकलन भएको छ ।

अहिले सम्मा क्वारेन्टाइनमा वसेको संख्या आज क्वारेन्टाइमा रहेको संख्या १३५३० ३० जम्मा स्वाव संकलन १७४०३ जम्मा संक्रमीत जम्मा निको भएका १२३२ १०४१ १८९ ३ जम्मा सक्रिय केश हाल सम्म मृत्यु जम्मा सक्रमीत महिला जम्मा सक्रमीत पुरुष गत घण्टमा नयाँ संक्रमीत  २६८ ९६४२८  १६ गत घण्टमा डिस्चार्ज भएको संख्या होम आइसोलेशनमा गत घण्टमा स्वाव संकलन १२८ १३४

यसैबीच संक्रिय संक्रमित मध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा रहेका छन् । फोकल पर्सन चन्दका अनुसार १ सय ८९ जना सक्रिय कोरोना संक्रमित मध्ये घोराहीमा मात्र ६३ जना रहेका छन् । त्यसपछि लमही नगरपालिकामा ६१ जना, तुलसीपुर उपमहानगरपालिकामा ४५ जना, शान्तिनगर गाउँपालिकामा ११ जना रहेका छन् । त्यस्तै गढवा र बंगलाचुली गाउँपालिकामा एक, एक जना, राजपुर गाउँपालिकामा २ जना, राप्ती गाउँपालिकामा ५ जना छन् भने बबई र दंगीशरणमा गाउँपालिकामा संक्रिय संक्रमितको सख्ंया रहेका छैनन् ।

पालिका अनुसार विरामीको वर्गिकरण अध्यावधिक गरिएको २०७७।६।१९ गते साझ ६।०० वजे जम्मा संक्रमित ४९ निको भएको ४८ ४६० सक्रिय केस १ कैफियत ३९५ २४९ ६ર २०४ ९ ४५ ९ १६१ रमृत्यु प्त्ः मृत्यु ४१ १६० ४१ ३० पालिका गढवा घोराहि तुलसीपुर दंगिशरण वंगलाचुलि ववड़ राजपुर राप्ति लमहि शान्तिनगर ठेगाना नखुलेको जम्मा १२३२ काठमाडुमा मृत्यु भएको २८ ४९ २ ४४ ९७ ५ ३६ ८३ ६१ ७२ ११ ४ १०४१ १८९ ३ जना जम्मा संक्रमित संख्यामा समावेश गरिएको छैनू

त्यसैगरी अहिलेसम्म संक्रमित हुनेहरुमा उमेर अनुसार हेर्ने हो भने २० देखि ४० वर्ष उमेर समूहका मानिस धेरै रहेका छन् । स्वस्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले अध्यावधिक गरेको विवरण अनु्सार उक्त समूह भित्रका संक्रमित ७ सय ९२ जना रहेका छन् भने सबै भन्दा कम संक्रमित ५ वर्ष भन्दा कमका १३ जना रहेका छन् । त्यसपछि १० देखि २० वर्ष उमेर समूहका मानिस संक्रमित भएका छन् । उक्त समूहका दाङमा १ सय ९५ जना संक्रमित भएका छन् । ४० देखि ५० वर्ष उमेर समूह भित्र १ सय ३२ जना, ५० देखि ६० वर्ष उमेर समूहका ७२ जना, ६० वर्ष भन्दा माथि र ५ देखि १० वर्ष उमेर समूहका १४र१४ जना संक्रमित भएका छन् ।

उमेर अनुसार कोभिड १९ संकमितहरुको वर्गिकरण अध्यावधिक गरिएको २०७७ ्र६ ।१९ गते साझ ६।०० वजे ७९२ १९५ १३२ ७२ ६०

यस्तै पेशा अनुसार संक्रमण हुनेमा दाङमा कर्मचारी धेरै हरेका छन् । चन्दका अनुसार जिल्लामा ४३ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। त्यसपछि स्वास्थ्य कर्मी ४०, नेपाल आर्मी ३४, जनाप्रतिनिधि ७, नेपाल प्रहरी १, महिला स्वास्थ्य स्वयम् सेवीका २ र संचारकर्मी १ जना रहेका छन् ।


SHARE THIS