२४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना


काठमाडौं, असोज १९ । पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । १२ हजार ३१६ होम र ११ हजार १९१ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४४ जनाको आईसीयू र ४३ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १५३१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन् ।

यस्तै सुनसरीका १२२ जना, चितवनका १०३, रौतहटका ८४, नवलपुरका ६६, रुपन्देहीका ५८, मोरङका ५५, काभ्रे र कास्कीका ३६,३६ जना, कैलालीका ३३, सुर्खेतका ३०, बाँकेका २२, बाग्लुङका १८, गोरखा र गुल्मी १७र१७ जना, मकवानपुरका १५, अर्घाखाँचीका १३, धादिङ र रामेछापका १२,१२ जना, नुवाकोट र तनहुँका १०,१० जनामा कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीका ९ जना, झापा, पर्सा, बारा, कपिलवस्तु र बर्दियाका ८,८ जना, सिराहा, दाङ, पाल्पा र कञ्चनपुरका ६,६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी र प्युठानका ५,५ जना, स्याङ्जाका ४, ओखलढुंगा, खोटाङ, पर्वत र दैलेखका ३,३ जना, महोत्तरी, सिन्धुली, लजमुङ, डडेलधुरा, डोटी, दार्चुला र बैतडीका २,२ जना तथा इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, धनुषा, दोलखा, कालीकोट, रुकुम पश्चिम, सल्यान, अछाम, बझाङ र बाजुराका १,१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


SHARE THIS