काठमाडौं, असोज २९ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी सम्हाल्दै हेलो सरकारबारे प्रश्न उठाएका छन् ।
बिहीबार पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले हेलो सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत भए पनि यसले प्रभावकारी काम नगरेकोप्रति उनले पश्न गरेका हुन् ।
उनले भने, हलो सरकार गर्दैछ के ? प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको हेलो सरकारका स्टाफ साथीहरु ढलक ढलक ११,१२ बजे स्टाफ आउने र ४,५ बज्दानबज्दै जाने । यस्ता कतिपय कुराहरु रहेका छन् ।
उनले यस्ता कुराहरुमा सुधार गर्नुपर्ने बताएका छन् ।
त्यसैगरी सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र , राष्ट्रिय योजना आयोगका विषयमा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै जोडिएका कारण यस्ता विषयमा अब प्रभावकारी रुपमा अघि बढ्ने उनले बताए ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनीबाट रक्षा मन्त्रालय खोसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका थिए ।
रक्षा मन्त्रालय हाल प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।